बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद
१८ मंसिर, २०८२
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख रामशरण लामिछानेका अनुसार खरिद भएको धानमध्ये मोटा धान दुई हजार ५०४ क्विन्टल तथा मध्यम धान पाँच हजार क्विन्टल छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्य अनुसार प्रतिक्विन्टल मोटा धान तीन हजार ४६४ रुपियाँ र मध्यम धान तीन हजार ६२८ रुपियाँको दरमा खरिद गरिएको हो । यसरी जम्मा दुई करोड ६८ लाख १२ हजार २०९ रुपियाँ बराबरको धान खरिद गरिएको लामिछानेले बताए । यस वर्ष नेपालगन्ज कार्यालयलाई २० हजार क्विन्टल धान खरिद गर्ने कोटा छुट्याइएको छ, जसमा १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान समावेश छ । प्रमुख लामिछानेका अनुसार मध्यम धानको कोटा पूरा भइसकेकाले अब मध्यम धान खरिद बन्द गरिएको छ । हाल मोटा धान खरिद भइरहेकाले १५ हजार क्विन्टल पुग्नेबित्तिकै खरिद कार्य बन्द गरिने जनाइएको छ । धान जोखाइ र तौलाइका लागि कार्यालयले तीन वटा काँटा सञ्चालनमा ल्याएको छ । स्टोरकिपर दीपक शर्माका अनुसार मजदुरको अभावका कारण तीन वटा काँटा मात्रै सञ्चालन गर्न सकिएको भए पनि मजदुर थपेर काँटा सङ्ख्या बढाउने तयारी भइरहेको छ । जोखाइ तौलाइका मजदुरलाई प्रतिक्विन्टल ४० रुपियाँ प्रदान गरिँदै आएको छ । हालसम्म ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएका छन्, जसमा २०१ किसानसँग धान खरिद भइसकेको छ । एक किसानबाट बढीमा ४० क्विन्टल धान मात्र खरिद गरिने व्यवस्था छ । किसानलाई भुक्तानी बैङ्कमार्फत उपलब्ध गराइँदै आएको छ भने धान बिक्रीका लागि किसानको बैङ्क खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । गत वर्ष कार्यालयलाई ४० हजार क्विन्टल धान खरिद कोटा दिइएको थियो । किसानको चाप बढेपछि थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी लक्ष्य ५५ हजार क्विन्टल पुर्‍याइएको थियो । सोमध्ये ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गर्न कार्यालय सफल भएको थियो ।
सत्ताइस अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात
१८ मंसिर, २०८२
आज कस्तो रहला सातै प्रदेशकाे माैसम
१८ मंसिर, २०८२
समानुपातिक निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि
१८ मंसिर, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
१८ मंसिर, २०८२
डकुमेन्ट्री खरिदमा अनियमिततामा नौजनामाथि मुद्दा
१८ मंसिर, २०८२
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
१८ मंसिर, २०८२
मंगलबार देशभर १७ स्थानमा आगलागी
१८ मंसिर, २०८२
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
१७ मंसिर, २०८२
बागलुङमा २१५ नयाँ एचआईभी संक्रमितकाे पहिचान
१७ मंसिर, २०८२

