निर्वाचन आयाेगमा हालसम्म १२३ दल दर्ता, ३२ प्रक्रियामा
२ मंसिर, २०८२
काठमाडौं । जेनजी आन्दोलनपछि समाजका चर्चित व्यक्तिहरू राजनीतिक रूपमा सक्रिय बन्दै दल दर्तातर्फ होमिएका छन् । आगामी प्रतिनिधि सभा निर्वाचन लक्षित गरी उनीहरूले नयाँ दल दर्ता गराएर चुनावी तयारी थालेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका पूर्वसल्लाहकार प्रशान्त सिंहले ‘पिपुल फर्स्ट पार्टी’ दर्ता गराएका छन् । नागरिक सर्वोच्चतामा आधारित नागरिकतन्त्र आफ्नो आधार रहेको उनले बताए । उनका सहकारी राजनीतिक विश्लेषक डम्बर नारायण खतिवडा पनि सोही दलमा छन् । यसअघि उनीहरूले ‘नागरिक प्रथम’ अभियान सञ्चालन गरेका थिए । यस्तै, पूर्वसचिव अनुपकुमार उपाध्यायले ‘उज्यालो पार्टी नेपाल’ दर्ता गराएका छन्, जसको केन्द्रीय समितिमा इन्जिनियर र डाक्टरहरूको सक्रियता देखिन्छ । सुदूरपश्चिम प्रदेश सांसद डा. तारा जोशी समेत सो दलमा छन् । सरकारले २०७५ मा प्रतिबन्ध लगाएपछि निष्क्रिय बनेको नेत्रविक्रम चन्द नेतृत्वको समूहले पनि ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दर्ता निवेदन गरेको छ तर आवश्यक कागजात अपुग छ । यसैबीच, ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले मान्यता पाइसकेको छ । यसमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेंद्रबहादुर बस्नेतसहित २९ सदस्यीय समिति छ । उद्यमी गोपीलाल न्यौपानेले ‘नेपाल लिभरल पार्टी’ दर्ताको निवेदन दिएका छन्, जसले उदार अर्थनीति र स्वतन्त्रताको पक्षपोषण गर्ने बताइएको छ । जेनजी आन्दोलनपछि ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ समेत दर्ता प्रक्रियामा पुगे पनि कागजात अभावमा निवेदन फिर्ता लिएको छ । जेनजी अभियन्ता राजेश प्रतेल भने नयाँ दल दर्ता प्रक्रियामा छन्, जसको केन्द्रीय समितिमा २८ वर्षभन्दा मुनिका सदस्यहरू बहुमतमा छन् । धरानका स्वतन्त्र मेयर हर्कराज राईले ‘श्रम संस्कृति पार्टी’ दर्ता गराएका छन् । यस्तै, ‘नवनिर्माण पार्टी’, ‘नागरिक सर्वोच्चता पार्टी’, ‘राष्ट्रिय स्वाभिमान पार्टी नेपाल’, ‘एकता नेपाल’ लगायत ३० भन्दा बढी दल अझै कागजात अपुग भएर प्रक्रियामा रहेका छन् । नयाँ दलहरू विभिन्न सिद्धान्तसहित आएका छन् । कसैले नागरिकतन्त्र र उदारवादको पक्ष लिएका छन् भने कसैले राजतन्त्र पुनर्स्थापनाको बहस उठाएका छन् । जस्मिन ओझाको ‘जनादेश पार्टी’ ले संविधानभित्रै सुधार र सुशासनको पक्षपोषण गर्छ भने ६५ वर्षीया उमा श्रेष्ठ नेतृत्वको ‘राष्ट्रवादी एकता पार्टी’ ले संवैधानिक राजतन्त्रको माग राखेको छ । कात्तिक ३० गतेसम्म निर्वाचन आयोगमा १२३ दलले दर्ता प्रमाणपत्र पाइसकेका छन् । आयोगले समयमै प्रमाणपत्र प्राप्त गरेका दलले मात्रै आगामी निर्वाचनमा भाग लिन पाउने जनाएको छ । हालसम्म ३२ दलले दर्ता निवेदन दिए पनि प्रमाणपत्र पाएका छैनन् । कागजात अपुग भएकालाई आयोगले मंसिर १० गतेसम्म समय दिने भएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रिया चल्नेछ ।
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
२ मंसिर, २०८२
राष्ट्रियसभा निर्वाचन कार्यतालिका सार्वजनिक
२ मंसिर, २०८२
आज कुन विदेशी मुद्राकाे विनिमय दर कति ?
१ मंसिर, २०८२
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा
१ मंसिर, २०८२
भाेजपुरकाे खकुवाखोलामा झोलुङ्गे पुल निर्माण
१ मंसिर, २०८२
प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे
३० कात्तिक, २०८२
हानिनोक्सानी कोषबाट क्षतिपूर्ति लिन प्रस्ताव आह्वान
२८ कात्तिक, २०८२
बागलुङमा कागतीका बोट मर्न थालेपछि किसान चिन्तित
२८ कात्तिक, २०८२
बैतडीमा नयाँ मतदातामा निर्वचानकाे उत्साह
२८ कात्तिक, २०८२

