प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच आधा घण्टा टेलिफोन वार्ता
२ असोज, २०८२
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज करिब आधा घण्टा टेलिफोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भएको संवादबारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । वार्ताक्रममा प्रधानमन्त्री मोदीले हालै नेपालमा भएको घटनाक्रमबारे दुःख व्यक्त गर्दै शान्तिपूर्ण ढंगले परिस्थिति नियन्त्रणमा ल्याएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिए । उनले आवश्यक परे भारत सरकार हरेक प्रकारको सहयोगका लागि तयार रहने आश्वासन पनि दिए । प्रधानमन्त्री कार्कीले मोदीलाई जन्मदिनको शुभकामना दिँदै नेपालप्रतिको सहयोग र साथको अपेक्षा व्यक्त गरेकी थिइन् । फोन वार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत लेख्दै नेपालमा शान्ति र स्थायित्व पुनर्स्थापना गर्ने कार्कीको प्रयासमा भारतको अटल समर्थन रहने पुनः पुष्टि गरेका छन् । साथै उनले नेपाललाई भोलिको राष्ट्रिय दिवसको अवसरमा शुभकामना पनि व्यक्त गरेका छन् ।
मकवानपुरभर फैलिएको खोरेत रोग नियन्त्रणमा
२ असोज, २०८२
केरा बिक्री नहुँदा बर्दियाका किसान मर्कामा
२ असोज, २०८२
दोब्बरले बढ्यो पर्वतारोहण शुल्क
२ असोज, २०८२
जनमतका ६ नेताले सिके राउतको राजीनामा मागे
२ असोज, २०८२
धनुषामा ४७५ किलो गाँजासहित दुई जना पक्राउ
२ असोज, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
२ असोज, २०८२
दलहरू निर्वाचनकाे तयारीमा जुट्दै
२ असोज, २०८२

