भाेजपुरका हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो
२५ असोज, २०८२
भोजपुर । यहाँको हतुवागढी गाउँपालिकाले वषौैँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो । जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताइन् । ‘फुसको छानो हुँदा धेरै समस्या थियो’, उनले भनिन्, ‘म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ । अहिले सहज छ ।’ गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि रु ७० लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । उनका अनुसार प्रतिघर रु ७५ हजार बराबरको सहयोग गरिएको छ । ‘आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ,’ निरौलाले भने- ‘छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ ।’ गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताए । दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए । स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म ४०५ परिवारका लागि जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।
पश्चिम तराईमा मनाइयाे करवाचौथ पर्व
२५ असोज, २०८२
बिपी राजमार्गमा अस्थायी ट्र्याक सञ्चालनमा
२५ असोज, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह
२४ असोज, २०८२
दाङमा सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला
२४ असोज, २०८२
सप्तरीमा करेन्ट लागेर युवकको मृत्यु
२४ असोज, २०८२
हिमपातले हुम्लाको न्यालु सडक बन्द
२४ असोज, २०८२
झापामा हात्ती धपाउन विशेष गस्ती परिचालन
२४ असोज, २०८२
सडक नखुल्दा बागलुङकाे जलजला पुग्न पाएनन् पर्यटक
२४ असोज, २०८२

