फेरि शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा
२३ साउन, २०८२
काठमाडौं । एक महिनाको आन्दोलन स्थगित गरी विद्यालय फर्किएका शिक्षकहरूले फेरि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन् । नेपाल शिक्षक महासंघको बिहीबारको बैठकले भदौ दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हाे । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले सहमतिअनुसार शिक्षा ऐन ल्याउन प्रक्रिया अघि नबढाएकाले सडक आन्दोलनमा उत्रनुपरेको बताए । उनले भने, “भदौ ३ र ४ गते केन्द्रीय समितिको बैठक बसेर दोस्रो सातादेखि देशभरका शिक्षकलाई काठमाडौंमा उतार्नेछौं ।” गत १७ वैशाखमा सरकार र महासंघबीच १५ असारभित्र शिक्षा ऐन ल्याउने र सेवा–सुविधासम्बन्धी नौबुँदे सहमति भएको थियो । तर, सहमति कार्यान्वयनमा ढिलाइ भएपछि महासंघले आन्दोलनको तयारी गरेको हो ।
‘बहुविवाहलाई छुट दिन सकिँदैन’
२१ साउन, २०८२
कागतीले बजार नपाउँदा झापाका किसान मारमा
२१ साउन, २०८२
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमन बन्द
२० साउन, २०८२
बेनी–जोमसोम–कोरला सडकमा दैनिक सुख्खा पहिरो
१८ साउन, २०८२
बाँकेमा १५ हजार घरपरिवार बाढीकाे जाेखिममा
१७ साउन, २०८२

