नेपाल रेडक्रसमा सत्तारुढ दलको भागबन्डा, नयाँ तदर्थ समिति
१० साउन, २०८२
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले भागबन्डा गरी बिनोद शर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेका छन्। कांग्रेसबाट ५ र एमालेबाट महामन्त्री मीनबहादुर मल्लसहित ४ जना समावेश छन्। अन्य सदस्यमा हरि बराल, लोकदर्शन श्रेष्ठ, कान्तिराज भण्डारी, सूर्यकुमारी श्रेष्ठ, हरि दर्शन श्रेष्ठ, हेमराज ओझा र गंगाधर अधिकारी छन्। समितिलाई तीन महिनाभित्र विधान संशोधन गरी निर्वाचन गर्ने जिम्मेवारी दिइएको छ। संस्थामा आन्तरिक विवादले निर्वाचित समिति बन्न सकेको छैन। आइएफआरसीले सुदर्शन नेपालसहित पाँच पदाधिकारीलाई निलम्बन गरेको थियो। यसअघि नेत्र तिम्सिना र सुदर्शन नेपालको तदर्थ समितिले पनि निर्वाचित समिति गठन गर्न सकेनन्। सञ्जीव थापालाई आर्थिक अनियमितताको आरोपमा हटाइएको थियो। रेडक्रम जस्तो परोपकारी संस्थामा सत्तारुढ दलबाट भएको भागबण्डाले नेपालको अन्तर्राष्ट्रिय छविमै प्रश्न उठेको छ । आइसिआरसीले पटक पटक नेपालमा सरकार र राजनीतिक दलबाट भएको हस्तक्षेपको विरोध गर्दै आइरहेको छ।
रवि लामिछानेलाई आज रुपेन्देही लगिदै
२७ कात्तिक, २०८१
राप्ती गाउँपालिकामा निःशुल्क घुम्ती शौचालय
२६ कात्तिक, २०८१
कतार एयरवेजले भोलिदेखि भैरहवाबाट उडान थाल्ने
२६ कात्तिक, २०८१
तिहारको रौनक बढ्दै, घरघरमा गरियो लक्ष्मी पूजा
१५ कात्तिक, २०८१
दलितलाई खै आन्दोलन किन ?
२० भदौ, २०८१
आज राष्ट्रिय पुस्तकालय दिवस मनाइदै
१५ भदौ, २०८१

