एभरेष्ट दैनिक

नवलपुरमा ट्रक र स्कूटर ठोक्किँदा दुई जनाको मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोटमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको लु ५५ प ३१३४ नम्बरको स्कूटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा स्कूटर चालक कावासोती वडा नं. ३ का दुलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ । ट्रकमा सवार अर्का एक जनाको पनि मृत्यु भएको छ, तर उनको पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।