आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
२३ जेठ, २०८०
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको ‍एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
स्पिनर लामिछाने आज दक्षिण अफ्रिका जाँदै
२२ जेठ, २०८०
इब्राहिमोविचद्वारा फुटबलबाट सन्यासको घोषणा
२२ जेठ, २०८०
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
२२ जेठ, २०८०
राष्ट्रिय योजना आयोगले पायो पूर्णता
२१ जेठ, २०८०

