५३.०३ अंकले बढ्यो नेप्से, एक अर्ब ६५ करोड ६३ लाख बराबरको कारोबार
२१ जेठ, २०८०
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ५३.०३ अंकले बढेर एक हजार ९ सय १९ दशमलब ३७ विन्दुमा पुगेर बन्द भएको छ । आज एक अर्ब ६५ करोड ६३ लाख ४० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ । आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
संघीय संसदमा आजदेखि बजेटमाथि छलफल सुरु हुने
२१ जेठ, २०८०
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
२१ जेठ, २०८०
माओवादी केन्द्र दाङको इन्चार्जमा आचार्य
१२ भदौ, २०७९
पर्वत समाज कतारको बार्षिक साधारणसभा सम्पन्न
२१ जेठ, २०७९

