आइसिसी विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहितको कप्तानीमा नेपाल नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन् । गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थपिएको छ ।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् । नेपाल अन्तिम तयारीको लागि बुधबार दक्षिण अफ्रिका जानेछ । विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन र असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन र असार ९ मा खेल्नेछ । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् । समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् ।
आ-आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई
काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।
नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।
नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ । सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

