पुथाउत्तरगंगा गाउँपालिकाको जीप बाग्लुङमा दुर्घटना, उपाध्यक्ष पनि दुर्घटनामा परेको आशंका
२८ भदौ, २०८१
बाग्लुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज विहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो। रा १ झ २०० नम्वरको जीप रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाको रहेको खुलेको छ । मृतक र घाइतेहरुको सनाख हुन नसकेपछि दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा पनि परेको आशंका गरिएको छ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनास्थलमा उपाध्यक्षको कार्ड भेटिएको जानकारी दिनुभयो । एक जना घाइते भीरमा अडिएकाले उद्धारको प्रयास भइरहेको छ । दुर्घटनास्थल अप्ठ्यारो भिरमा भएकाले शव निकाल्न पनि कठिन भइरहेको छ ।
कलसेन्टरमा छापा, ५० जना पक्राउ
२७ भदौ, २०८१
ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
२६ भदौ, २०८१
भोलि र पर्सी कहाँ कहाँ हुँदैछ भारी वर्षा ?
२६ भदौ, २०८१
सबै पालिकामा जग्गाको कित्ताकाट खुल्यो
२६ भदौ, २०८१