अखिल क्रान्तिकारी गण्डकीमा निर्वाचन, अध्यक्षमा गुरुङ बिजयी
२५ भदौ, २०८१
पोखरा । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी गण्डकीको नेतृत्व चयनका लागि निर्वाचन भएको छ । निर्वाचनबाट १३७ मत प्राप्त गरेर त्रिदिप गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिष्पर्धी आरके भट्टले ७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षहरुमा वसन्त भट्टचन (१५७), सरोज वल्लभ भट्टराई (१६४) र अशोक मरहट्टा (१४० विजयी) विजयी हुनुभएको छ । अध्यक्षका अन्य उम्मेदवार पवन ढकालले ७२ र नवीन पाठकले ५९ मत प्राप्त गर्नुभएको छ । समावेशी उपाध्यक्षमा कुल बहादुर बुढा ‘प्रेम’ र महिला उपाध्यक्षमा सिता बराल निर्वाचित हुनुभएको छ । प्रमुख सचिवमा सुजन बास्तोला १३२ सहितविजयी हुनुभएको छ भने प्रतिष्पर्धी सन्जय जैसीले ७२ मत प्राप्त गर्नुभएको छ । सचिवमा प्रदिप ढकाल (१८३), विसद उपाध्याय (१४०) र सन्दिप महतो (१४०) विजयी हुनुभएको छ । सचिवका प्रतिष्पर्धीहर किरण खड्काले ७२, प्रकाश ढुङगानाले ६१ मत प्राप्त गर्नुभएको छ । महिला सचिवमा जुना तामाङ र समावेशी सचिवमा दुर्गा विक निर्बिरोध हुनुभएको छ भने कोषाध्यक्षमा अनिल सुनार निर्विरोध हुनुभएको छ । सम्मेलनले १३ पदाधिकारी सहित ७५ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ । कूल २६९ प्रतिनिधि मतदाता भएकोमा २०७ मत खसेको थियो । गण्डकी प्रदेशमा मनाङबहेक सबै जिल्लामा सम्मेलन सम्पन्न भइसकेको छ भने गोर्खामा समिति सर्बसम्मत भए पनि पदाधिकारी चयन हुन बाँकी रहेको केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिनुभयो ।
पशुपतिनाथ मन्दिरमा तीजको रौनक
२१ भदौ, २०८१
पेट्रोलियम भण्डारण गृहको निर्माण तीव्र
२० भदौ, २०८१
पदक विजेता पलेसाको सम्मानमा आज नगर परिक्रमा
१९ भदौ, २०८१