माओवादी अब गठबन्धन नगरी एक्लै चुनाव लड्छः नेता शर्मा
१२ भदौ, २०८१
दाङ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रेखा शर्माले आगामी निर्वाचनमा पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताउनुभयो । ‘आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्ने गरी पार्टीले छलफल अघि बढाएको छ’– उहाँले भन्नुभयो । पार्टीभित्र अन्तरसंघर्ष रहने विषयलाई ठूलो रुप बनाउन नहुने उल्लेख गर्दै उहाँले पार्टीभित्रको छलफललाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभयो । सो अवसरमा पार्टीका निर्वाचन आयोग संयोजक कुवेर वलीले पार्टीभित्र गुटबन्दी हुन नहुने बताउनुभयो ।
काठमाडौं महानगरमा बालेन–एमाले टक्कर
१० भदौ, २०८१
किताब जात्राको छैठौं संस्करण हुँदै
७ साउन, २०८१
महिला एसिया कपमा नेपालको ऐतिहासिक जित
४ साउन, २०८१

