पाकिस्तानी आरोही नैला कैनी सगरमाथाको चुचुरोमा
३१ बैशाख, २०८०
काठमाडौं । दुई आरोही आज बिहान सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेका हुन् । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन् । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रिय पर्वतारोहीबाट भएको बताए । उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथ कोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिवारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । यति बेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतीक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् ।
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
३१ बैशाख, २०८०
दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु
३० बैशाख, २०८०
यी हुन् एमाले बैठकका निर्णय (पूर्णपाठ)
३० बैशाख, २०८०
प्रहरीका २१ एसपीको एसएसपीमा बढुवा ( सूचीसहित)
२४ बैशाख, २०८०
सुडानमा टर्कीका राजदूतको गाडीमा गोली प्रहार
२४ बैशाख, २०८०

