एभरेष्ट दैनिक

३.३१ अंकले बढ्यो नेप्से, ६४ करोड बराबरको कारोबार

काठमाडौं । नेप्से आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.३१ अंकले बढेर एक हजार ८ सय २१ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार नेप्से ३.३४ अंकले घटेर एक हजार ८ सय १८ दशमलब ३१ विन्दुमा बन्द भएको थियो । नेप्से बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन । आज नेप्सेमा ६४ करोड बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो । आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६३ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८४८.६० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंक भएको छ । यस कम्पनीको आज पाँच करोड एक लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।