एभरेष्ट दैनिक

३३ वडाको नतिजा सार्वजनिकः कांग्रेस १६, माओवादी ६, एमाले ५ र अन्य ६ निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनको वडातर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । ३४ वडामा भएको निर्वाचनमध्ये ३३ वडाको नतिजा प्राप्त भइसकेको छ । उदयपुरको बेलका ९ मा विवादका कारण मतगणना रोकिएको छ । ३३ वडाको मतपरिणामअनुसार कांग्रेस ८ वडा गुमाउँदा थपेको ७ र यथावत राखेको ९ गरी अहिलेसम्म १६ वडामा विजयी भएको छ । माओवादी केन्द्र ५  वडा गुमाउँदै ५ थप र यथावत राखेको १ गरी जम्मा ६ वडामा विजयी भएको छ । एमाले ६ गुमाउँदा थपेको ३ र यथावत २ गरी ५ वडामा विजय प्राप्त गरेको छ । रास्वपा, नेकपा एस र नेमकिपाले १ १ थपेका छन् भने जसपाले एक गुमाउँदा एक बोनस लिएर २  वडा जितेको छ । यसअघि स्वतन्त्रले १ जितेकोमा अहिले पनि एक जितेको छ ।  २०७९ को निर्वाचनमा कांग्रेसले जितेका १८, एमालेले जितेका ८, माओवादी केन्द्रले जितेका ६, जसपाले जितेका एक र स्वतन्त्रले जितेका एक गरी ३४ वडा अध्यक्ष रिक्त भएका थिए ।