एभरेष्ट दैनिक

इलाम २ मा राप्रपा उम्मेद्वार लक्ष्मी गुरुङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने भएको छ।  आज बसेको राप्रपा संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो । ‘राप्रपाले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ’, एक नेताले भने ।