गृहमन्त्री लामिछानेले भने–‘महाजात्राले मलाई ऊर्जा दियो’
१२ चैत, २०८०
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल चलचित्र महाजात्रा हेरेपछि आफुलाई थप उर्जा मिलेको बताएका छन् । राजनीतिज्ञका रूपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको उनको भनाइ छ । पत्नी निकिता पौडेललाई लिएर आइतबार राति चलचित्र ‘महाजात्रा’ हेरेपछि उनले फिल्ममा मनोरञ्जनसँगै राजनीतिक विषय र देशको इस्युलाई समेटिएको बताए । लामिछानेले भने, ‘मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरेँ । म र मेरो पुस्ताका नेताको उदय नै भ्रष्टाचार कम गर्न भएको हो ।’ उपप्रधानमन्त्री लामिछानेले आफू जात्रा सिक्वेलको नियमित दर्शक भएकाले हलसम्म आएको बताए। आम दर्शकसँगै बसेर चलचित्र हेरेपछि लामिछानेले यही शृङ्खलाका अघिल्ला दुई फिल्म पनि नै मन परेको भन्दै निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन र रवीन्द्रले गर्ने अभिनयको आफु फ्यान भएको बताए । उनले भने ‘आज फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ ।’ उनले नेपाली फिल्म हलमै आएर हेर्ने बानी बसाल्न दर्शकलाई सुझाव पनि दिएका थिए । लामिछानेले फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको हुँदा आफू थप आकर्षित भएको बताए । चैत ९ गतेदेखि नेपालसँगै विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको महाजात्रामा पहिलो दिनदेखि नै दर्शकको चाप देखिएको छ ।
एमालेबाट इलाम २ मा सुहाङ नेम्वाङ उम्मेदवार
११ चैत, २०८०
करेन्ट लागेर एक जनाको मृत्यु
११ चैत, २०८०
कमेडी च्याम्पियनका निर्देशक भण्डारी रिहा
११ चैत, २०८०
चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते
१० चैत, २०८०
महरासँग आज पनि बयान लिइने
८ चैत, २०८०
एमाले सुर्खेतको अधिवेशन आजदेखि
८ चैत, २०८०
२५ वर्ष देखि फरार अभियुक्त पक्राउ
७ चैत, २०८०

