एभरेष्ट दैनिक

बल्खु खोलामा पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौँको बल्खु खोलामा आज (बुधबार) एक पुरुषको शव फेला परेको छ।  सप्तरी राजगढ गाउँपालिका–२ घर भई काठमाडौँ नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षका वैभव सिंह मृत अवस्थामा भेटिएका हुन्। चन्द्रागिरि नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर–चन्द्रागिरि जोड्ने झोलु‌ङ्गे पुल नजिक बल्खु खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।