पुरै कार्यकाल नै प्रचण्ड प्रधानमन्त्री हुने ओलीको संकेत
६ चैत, २०८०
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् । प्रेस चौतारी कैलालीले आज (मंगलबार) धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको बताए । ओलीले भने, ‘अहिले मलाई प्रधानमन्त्री हुन त्यति मन पनि लागेको छैन । अरू कोही अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त !’ फरक प्रसङ्गमा उनले सुन तस्करीको अनुसन्धानका लागि एमालेले छानबिन आयोग बनाउन गरेको प्रस्ताव सही भएको अहिले पुष्टि भएको बताए । ओलीले भने, ‘आयोग बनाउँदा कांग्रेसले अड्को हाल्यो । एमालेले त्यो बेला गरेको माग ठीक थियो भन्ने कुरा आज पनि प्रमाणित भएको छ’, उनले अनुसन्धानका लागि कुनै व्यक्ति पक्राउ पर्दा त्यसले गठबन्धनमा कुनै पनि प्रभाव नपर्ने पनि बताए । ओलीले महाकाली करिडोर निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए ।
बाँदर धपाउन कर्मचारी नियुक्त
६ चैत, २०८०
मिटरब्याज पीडितले यसरी दिन सकिन्छ उजुरी
६ चैत, २०८०

