म्यान्मारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा २३ सर्वसाधारणको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा २३ सर्वसाधारणको मृत्यु

काठमाडौं । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू चिन्तित भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताएका छन्। 

स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो।

म्यान्मारको पश्चिमी राखिन राज्यमा गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप भएको थियो।
महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ।’

हालका हप्ताहरूमा अराकन लडाकुहरूले मिनब्याको राजधानी सिट्वेको पूर्वमा अवस्थित उक्त बजारमा आक्रमण गरी केन्द्रको बजारसँगको सम्पूर्ण सम्बन्ध विच्छेद् गरिदिएका छन्। 

थार डार गाउँमा सोमबार राति १ः४५ बजे भएको हवाई आक्रमणमा १० पुरुष, चार महिला र १० बालबालिकाको मृत्यु भएको एक स्थानीयले एएफपीलाई जानकारी दिएका छन्।

सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हाम्रो गाउँमा कुनै झडप भएको थिएन । उनीहरूले हामीमाथि सिधै आकाशबाट बम प्रहार गरेका थिए ।’ 

अर्का स्थानीयले विस्फोटमा परी २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएका छन्।

सन् २०१७ मा भएको सैन्य कारबाहीका कारण रखाइनमा दशौँ हजार रोहिङ्ज्या समुदाय भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए।

जुन्टा सेनाले सिट्वेलाई आफ्नो नियन्त्रणमा राखेको छ तर हालैका हप्ताहरूमा अराकन लडाकुहरूले वरपरका जिल्लाहरूमा सफलता प्राप्त गरेका छन्।

छिमेकी मुलुक भारत र बङ्गलादेशमा पनि युद्ध फैलिएको छ।

गत महिना पनि बङ्गलादेशमा भएको झडपका क्रममा म्यान्माबाट मोर्टार प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो।

संसद् बैठक सूचना टाँस गरेर २ बजेलाई सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेसम्म सूचना टाँसेर सारिएको छ ।

सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ। दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०(४० प्रतिशत सदस्य चाहिने पूर्ववत् व्यवस्था लागू हुनेगरी अगाडि बढाइएको विधेयक फिर्ता भएको हो।  सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिनसक्ने कानुनी व्यवस्था छ। संशोधन विधेयक फिर्ताका लागि पत्र आइसकेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।   यो विधेयक संसद्‌मा दर्ता भइसकेको थियो। यसमा छलफल गर्न पटक(पटक दैनिक कार्यसूचीमा चढे पनि छलफलका लागि पेस हुन सकेको थिएन।यो विधेयक बिहीबारको कार्यसूचीमा पनि समावेश गरिएको भए पनि कांग्रेसको अवरोधका कारण बैठक चल्न सकेन। 

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन् । उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिने बताए । विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश  र मधेश प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैगरी आज राती कोशी, मधेश र  बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

लोकप्रिय