एभरेष्ट दैनिक

दीपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री नियुक्त

पोखरा । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रका रेशम जुग्जाली मन्त्री थिए । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए।सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन्। स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेको केहि दिनपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको रुपमा बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए।