जापानमा ७.१ म्याग्निच्युडको भूकम्पको सुनामी चेतावनी
२४ साउन, २०८१
टोकियो। जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प गएको हो । जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पको केन्द्र जापानको क्यूशु द्वीपमा जमीनबाट करिब ८.८ किलोमिटर तल रहेको बताइएको छ। यसअघि १ जनवरीमा पनि त्यहाँ ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो । यसमा ३१८ जना मानिस मारिएका थिए भने १३ सय घाइते भएका थिए । इशिकावामा भूकम्पले कयौँ स्थानको जमिन फाटेको थियो । यसका कारण २०० घर जलेर ध्वस्त भएका थिए । यसअघि मार्च २०११ मा जापानमा अहिलेसम्मकै खतरनाक भूकम्प आएको थियो। जसकाकारण १६ हजार मानिस मारिएका थिए ।
टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मतिले पारित
२४ साउन, २०८१
कति छ सुनचाँदीको मूल्य ?
२४ साउन, २०८१
६ वटा समितिका बैठक बस्दै, यस्ता छन् छलफलका विषय
२४ साउन, २०८१
यस्तो छ विदेशी मुद्राको विनिमय दर
२४ साउन, २०८१
यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
२४ साउन, २०८१
उपाधि भिडन्त : भारतसँग नेपाल स्तब्ध
२३ साउन, २०८१
एसईईको पूरक परीक्षा आजदेखि
२३ साउन, २०८१

