एभरेष्ट दैनिक

आईजीपीको अन्तिम छिनोफानो आज

काठमाडौं, फागुन १८ ।  प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको प्रकरणलाई लिएर सर्वोच्च अदालतमा प्रहरी नियमावलीको नियम ४१ को व्यापक व्याख्या भइरहेको खबर छ । इजलासको आईजीपी नियुक्तिको निर्णय गर्दा नियम ४१ मा भएको प्रावधान निर्णयमा देखिनुपर्ने वा नपर्ने भनी कानुन व्यवसायीहरुलाई प्रश्न गरिरहेको छ । सरकार तथा आईजीपीमा नियुक्तिको निर्णय भएका डीआईजी जयबहादुर चन्द र सरकारका कानुन व्यवसायीहरुले नियम ४१ बमोजिम सरकारले निर्णय गर्दा अदालतले कुनै पनि प्रश्न गर्न नसक्ने जिकिर गरेका छन् । डीआईजी चन्दलाई आईजीपी बनाउन नहुने र बनाउुपर्ने भनेर हालसम्म ३८ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । उनीहरुमध्ये प्रायले प्रहरी नियमावलीको नियम ४१ को आफ्नै तवरले व्याख्या गरिरहेका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।