एभरेष्ट दैनिक

कण्डमको विज्ञापनको कारण सन्नी लियोनी फेरी चर्चामा

एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनी कण्डमको विज्ञापनबाट एकपटक फेरी चर्चामा आएकी छिन् । सन्नीले खेलेको कण्डमको विज्ञापन गोवाको सरकारी बस र गाउँमा प्रदर्शित हुने तयारीमा छ । गोवाको एक संगठन हिन्दु जनजागृति मन्चका महिलाहरुले यसको विरोध गरेका छन् । संगठनले यस्तो विज्ञापन सार्वजनिक ठाउँमा राख्दा महिलाबारे गलत सन्देश जाने बताएको छ । संगठनले यस्तो कार्यले महिलाको अपमान हुने जनाएको छ । म्यानफोर्स कण्डमको बिज्ञापनमा काम गर्छिन् । कयौं पत्रिकामा उनको विज्ञापन छापिएका छन् । यस विषयमा व्यापक विरोध हुन थालेपछि महिला आयोगले नोटिस नै जारी गरेको छ । महिला संगठनले यस्तो प्रचारले समाजमा महिलाप्रति गलत सन्देश जाने भन्दै यस्तो आपत्तिजनक विज्ञापन हटाउन माग गरेको छ । संगठनले यस्तो विज्ञापन आफैंमा गलत नभएको तर जुन तरिकाले महिलालाई चित्रण गरिएको छ त्यो चाहीँ गलत भएको बताएको छ । महिला आयोगले भने यो विषयमा जाँच गरेपछि मात्र कुनै कदम उठाउने जनाएको छ ।