कतारमा प्रदेश नं–१ का कांग्रेसजनहरुको परिचयात्मक भेला सम्पन्न

कतारमा प्रदेश नं–१ का कांग्रेसजनहरुको परिचयात्मक भेला सम्पन्न
दिलिप पराजुली/ कतार, चैत ५। कतारमा कार्यरत प्रदेश नं–१ का कांग्रेसजनहरुको परिचयात्मक भेला शुक्रबार नेपाली जनसम्पर्क समिती कतारको प्रदेश नं १ संयोजक नगेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ ।
उक्त भेलाले ६ बुंदे घोषणा पत्र जारी गर्दै अर्जुन चापागाईंको संयोजकत्वमा “नेपाली कांग्रेस प्रदेश नं १, समन्वय समिती कतार” को समेत गठन गरेको छ  । समितीको सदस्य सचिवका खगेन्द्र खनाल रहेका छन् भने सदस्यहरु सेवन कार्की, अरुण केसी, पुकार बराल, भरत तुम्बाहाम्फे, कृष्ण बराल, मदन कटुवाल, सिता राई, सोमराज बराल, मनोज शाह र डिक बहादुर तामाङ्ग चयन भएका छन् । सोहि भेलामा धिरज चाम्लिङ्ग, कुमार काकी, नगेन्द्र श्रेष्ठ, प्रकाश कार्की, दिपक घिमिरे, राम सुँयाल र गोपाल कटुवाललाई सल्लाहकारमा चयन गरिएको छ ।
अर्जुन चापागाईंले सञ्चालन गरेको उक्त भेलामा कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नेपाली जनसम्पर्क समिती कतार संस्थापक सदस्य कुमार कार्कीले नेपाल संघिय स्वरुपमा प्रवेश गरि सकेको अवस्थामा प्रदेश बाट नै संगठित हुँदै नेपाली काँग्रेसको बृहत्तर हित र विकास गर्नका निमित्त प्रवासमा समेत संगठन बलियो बनाउन आवश्यक रहेको बताए । कतारमा रहेका प्रदेश नं. १ को भेलाले जनसम्पर्क समिति कतारलाई समेत सुढृड र मजवुत पार्न भुमिका खेल्ने धारणा राख्दै जनसम्पर्क समिति कतारको अगुवाईमा अन्य प्रदेशहरुको समेत समन्वय समिति निर्माण हुनुपर्ने वताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस १३ औं महाधिवेशन प्रतिनिधी तथा नेपाली जनसम्पर्क समिती कतारका निवर्तमान महामन्त्री धिरज चाम्लिङ्गले प्रदेश नं १ बाट सुरु भएको यो ऐतिहासिक अभियान यसै गरि अन्य प्रदेशहरुमा पनि विस्तारित हुँदै जानु पर्नेमा जोड दिए । उनले कतारमा संगठनलाई मजवुत वनाउनका लागि जनसम्पर्क समितिले आफ्नो अगुवाईमा अन्य प्रदेशका समेत समन्वय समितिहरु गठन गरि संगठनलाई सुढृड वनाउनु पर्ने बताए ।
भेलाले चयन गरेको समितिका सदस्यसचिव खगेन्द्र खनालले केन्द्रिकृत नेतृत्व र विकेन्द्रित कार्यविधि प्रणाली मार्फत संगठनलाई मजवुत वनाउन सकिने धारणा राख्दै स्थानियस्तरवाट नै काँगे्रसलाई मजवुत वनाउनका लागि काम गरिने वताए । भेलामा उपस्थित काँगे्रसजनहरुको सुझाव वमोजिम संगठन विस्तार र सुढृडिकरणमा ध्यान दिने समेत वताए ।
त्यसैगरि समन्वय समितिका संयोजक अर्जुन चापागाँईले समन्वय समितिले जनसम्पर्क समिति कतारसँग अत्यन्त नजिक रहेर कार्य गर्ने समेत उल्लेख गरे । प्रदेश नम्वर १ का १४ वटै जिल्लावाट कतारमा आई कार्यरत काँगे्रसका आस्थावानहरुलाई समन्वय समिति मार्फत जनसम्पर्क समितिमा सदस्य वनाई संगठनको वृहत्तर हितमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो पहिलो भेला भएको र आगामी दिनमा जनसम्पर्क समितिका पदाधिकारीहरुलाई समेत सहभागि गराई संगठन विस्तार, प्रशिक्षण लगायत विविध कार्यक्रमहरु गर्ने जानकारी दिए ।
कार्यक्रमका सभापति तथा नेपाली जनसम्पर्क समिति प्रदेश नम्वर १ का संयोजक नगेन्द्र प्रसाद श्रेष्ठले सिंगो जनसम्पर्क समिति कतारको वृहत्तर हित र नेपाली काँगे्रस पार्टीको हितका लागि भेलामा उपस्थितहरुले देखाउनु भएको उत्साहले आफुलाई खुशी वनाएको कुरा व्यक्त गरे । त्यस्तै भेलालाई सफल वनाउनका लागि सहयोग गर्ने सम्पुर्ण काँगे्रसजनहरुलाई धन्यवाद व्यक्त गरे । नेपाली जनसम्पर्क समिति कतारको प्रदेश संयोजक भएको हैसियतले संगठन सुढृडिकरणका लागि यस्ता गतिविधि नेपाली जनसम्पर्क समिति मार्फत अन्य प्रदेशका काँगे्रसजनहरुमा समेत गर्न गराउनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको थिए ।
दोहाको एक रेष्टुरेण्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रकाश कार्की, दिपक घिमिरे, एकराज राई,  लगायतले आफ्नो मन्तब्य राखेका थिए । प्रदेश नम्वर १ मा रहेका १४ जिल्ला काँगे्रसका आस्थावानहरुको व्यापक उपस्थिति रहेको थियो ।
घोषणा पत्रको पूर्णपाठ
१. नेपालको संघिय संरचना बमोजिम प्रदेश नं १ बाट कतारमा आई कार्यरत नेपाली काँग्रेसका आस्थावान कार्यकर्ताहरुलाई एकिकृत गरि नेपाली काँग्रेसको बृहत्तर हितमा सहयोग गरिनेछ ।
२. प्रदेश नं १ बाट कतारमा आई कार्यरत नेपाली काँग्रेसका आस्थावान कार्यकर्ताहरुको लगत तथा विवरण राख्ने कार्य गरिनेछ ।
३. कतारमा कार्यरत नेपालीहरु विच भाइचाराको सम्बन्धलाई सुदृढ गरि सामाजिक, नैतिक तथा व्यवहारिक सहयोगका कार्यक्रम गरिनेछ ।
४. नेपालको संस्कृति, पर्यटन तथा सामाजिक प्रवर्धनका लागी कार्यक्रमहरु आयोजना गर्नुका साथै सो किसिमका कार्यक्रमहरुमा सहभागिता जनाइनेछ ।
५.  नेपाली काँग्रेसको भातृसंस्थाको रुपमा कतारमा स्थापित भई कार्यरत नेपाली जनसम्पर्क समिती कतारको बृहत्तर हित, संगठन विस्तार तथा सुदृढिकरण र गुणस्तर विकासका लागि सहयोगी तथा समन्वयकारी भुमिका निर्वाह गरिनेछ । साथै जनसम्पर्क समिती मार्फत अन्य प्रदेशका समन्वय समिती निर्माण गर्न समेत अनुरोध गर्दछौं ।
६. आगामी बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानिय निकायको निर्वाचन स्वच्छ, धाँधलिरहित र शान्ति सुव्यवस्थाका साथ सम्पन्न गराउन सम्बन्धित निकायलाई अनुरोध गर्दछौं । साथै प्रवासमा रहे पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्वाचन सफल वनाउन सहयोग गर्न सम्पूर्णलाई अनुरोध गर्दछौं ।

अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए

काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।

यूएईको राजधानी आबुधाबीमा ड्रोन/मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले अवरोध गरेका ड्रोन र मिसाइलका अवशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको गल्फ न्युजले जनाएको छ। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइते नेपालीहरूको नामावली हालसम्म सार्वजनिक गरिएको छैन। अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

कम्बोडियाबाट १२ नेपालीको उद्दार

काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।

डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन

काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।

लोकप्रिय