एभरेष्ट दैनिक

रित्तिँदै छ स्मार्ट कार्ड ?

काठमाडौं, फागुन २० । सरकारले स्मार्ट लाइसेन्स अझै देशभर वितरण गर्न सकेको छैन । यातायात व्यवस्था विभागले २०७२ मंसिरदेखि बागमती अञ्चलमा मात्रै स्मार्ट लाइसेन्स वितरण गर्दै आएको छ । अन्य अञ्चलका कार्यालयबाट हस्तलिखित लाइसेन्स वितरण हुँदै आएको छ । विभागले बागमतीबाट स्मार्ट लाइसेन्स वितरण गरेको १५ महिना बितिसक्दा समेत अन्य भागबाट स्मार्ट लाइसेन्स जारी गर्न नसकेको हो । विभागका प्रवत्ता टोकराज पाण्डेका अनुसार उपत्यकामा तीनवटा कार्यालय विस्तारमा जुट्दा केहि समय ढिलाइ भएको हो । यसैबीच, यातायात व्यवस्था विभागले समयमै टेन्डर पक्रिया अघि नबढाउँदा स्मार्ट कार्डको अभाव देखिएको छ । विभागले टेन्डरमा ढिलासुस्ती गर्दा स्टक स्मार्ट कार्ड रित्तिँदै गएको हो । यो खबर आजको नागरिकमा छ ।