एभरेष्ट दैनिक

जंगलमा भेटिए चन्दननाथ मन्दिरको हराएका मूर्ति

जुम्ला, पुस १९ । जुम्लाको प्रशिद्ध चन्दननाथ मन्दिरबाट हराएको मूर्ति जंगलमा वेवारिसे अवस्थामा फेला परेको छ । गएको मंसिर ११ गते राति चोरी भएका १२ मूर्ति  मध्ये ११ वटा मूर्ति मंगलबार बिहान गज्र्यांकोट गाविसको जंगलमा अलपत्र अवस्थामा प्रहरीले फेला पारेको हो । दत्तात्रयको मूर्ति बाहेक सवै मूर्ति फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले मूर्ति भेट्टाएको मध्यपश्मिम क्षेत्रीय प्रहरी प्रुमख डिआइजी माधव नेपालले जानकारी दिए । उनका अनुसार ११ वटा मूर्ति फेला परेका छन, हराएको । मूर्ति फेला परेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट थप प्रहरी टोली त्यसतर्फ खटाइएको छ । जंगलमा भेटिएका मूर्तिलाई धार्मीक परम्परा अनुसार खलंगा तिर ल्याउन लागिएको उनको भनाई छ । मूर्ति चोरी घटनाको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले एक महिना अघिदेखि अनुसन्धान गरिरहेको थियो । मूर्ति भेटिएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । मूर्तिको पखाईमा चन्दननाथ मन्दिरमा भक्तजनको घुर्इँचो लागेको छ । स्थानीय परम्परा अनुसार बाजागाजासहित मूर्ति सदरमुकाम तर्फ ल्याइँदैछ ।