एभरेष्ट दैनिक

अमेरिकामा प्रियंका चोपडा र दीपिकाको प्रतिपर्धा

फागुन ८ । बलिउड होस या हलिउड कलकारहरुको प्रतिष्पर्धा हुनु स्वभाविकै मानिन्छ । तर बलिउडसँग सँगै हलिउडमा समेत प्रतिष्पर्धामा रहेका नायिका प्रिंयंका चोपडा र दीपिका पादुकोण न्यूयोर्कको एक फेसन सोमा देखिए । उनीहरु उक्त फोसनसोमा पनि प्रतिष्पर्धा नै गरिरहेका थिए । ‘न्यूयोक फेसन वीक’ मा उनीहरु सहभागी भएका थिए । अन्तर्राष्ट्रिय फेसन सो तथा टीभि सिरियलहरुलाई आफ्नो प्रभावमा पार्न सफल यि नायिकाहरु अब ‘न्यूयोक फेसन वीक’मा पनि देखिएका हुन् । प्रियंका चोपडा नेपाली डिजाइनर प्रवल गौरगसँगको फेसन सोमा पहिलो लाइनमा बसेकी थिइन् । यो लाइन महिला सशक्तिकरणबाट प्रभावित भएकाहरुका लागि हो । अर्काेतिर दीपिका पादुकोण पनि न्युयोर्कमै छिन् । आइतबार राल्फ लारेलसँग शोमा हिस्सा लिएकी पादुकोण यो फेसन शो हेर्नेको पहिलो लाइनमा थिइन् । चोपडा लामो समयदेखि नै न्यूयोकमै छिन् । आफ्नो अमेरिकन टिभी सिरिज ‘क्वाटिको’ को सुटिङका क्रममा उनी त्यही छिन् । गौरांगको यस शोमा सहभागी भएकी प्रियंकाले २०१७ डिजाइनर कलेक्सबाट फरक ड्रेस लगाएकी थिइन् । प्रियंका एक टैक्स्ड टप र हेम स्कर्टमा देखिएकी थिइन् । उनले त्यससँगै बुट र एक ज्याकेट लगाएकी थिइन् । शोका लागि प्रियंका पहिलो लाइनमा बसेकी थिइन् । एकताका हिलेरी क्लिंटनको सलाहकार समेत बनेकी हुमा आब्‍दिनसँगै प्रियंका बसेकी थिइन् । त्यस्तै एकदिन अगाडि दीपिका पादुकोण डिजाइनर मिशेल कोर्सको शोमा पुगेकी थिइन् । दीपिकाले नेवी ब्लू करलको ट्रेच डे«स लगाएकी थिइन् । मिशेलको स्प्रिंग २०१७ कलेक्सनमा पुगेकी दीपिकाले हाईनेक टपसँगै पहिरिएकी थिइन् । उक्त ड्रेसमा निकै खुलेकी दीपिकाले निकै सामान्य मेकअप गरेकी थिइन् । त्यही आइतबार नै दीपिका राल्फ लारेलको शोमा पनि पुगिन । त्यहाँ दीपिका सबैभन्दा अगाडि बसेकी थिइन् । उनीसँगै खिचिएको सेल्फी अमेरिकन कलाकार कामिला बेलेले पोष्ट गरेका छन् । दीपिका त्यहाँ ह्वाईट कलरको वन पिस ड्रेसमा देखिएकी थिइन् । खासमा दीपिका अचेल सञ्जय लीला भन्सालीको नयाँ फिलिम ‘पद्मावती’को सुटिङको सिलसिलामा न्युयोर्कमा छिन् ।