एभरेष्ट दैनिक

विद्यालयलाई दश लाख सहयोग

म्याग्दी, फागुन ७ । म्याग्दीको देवीस्थानस्थित भिम माविलाई एकै परिवारले रु.१० लाखभन्दा बढी नगद सहयोग गरेका छन्। देवीस्थान–२ का धाजेन्द्र, विश्व, सुरेन्द्र र वीरेन्द्र तुलाचनले दिवङ्गत बुबा गङ्गाबहादुर तुलाचनको स्मृतिमा सो विद्यालयलाई रु.१० लाख २५ हजार सहयोग गरेको हो । विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सहयोगदातालाई सम्मान गर्दैै स्थानीय तमबहादुर पुर्जाले तुलाचन परिवारको सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उक्त सहयोग रकम कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्न परिचालन गर्ने विधालयका प्रअ डम्मरबहादुर घर्तीले बताउनुभयो ।