एभरेष्ट दैनिक

मापदण्ड पुरा गरी घर बनाइएका घरहरुलाई एकमुष्ट ३ लाख अनुदान

काठमाडौं, फाल्गुन ६ । भूकम्प प्रतिरोधी मापदण्ड पुरा गरी बनाइएका घरहरुलाई सरकारले एकमुस्टै तीन लाख अनुदान दिने भएको छ । सरकारको मुख नताकी घर बनाइसकेकाहरुले सो रकम पाउने भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डाक्टर गोविन्द पोखरेलको संयोजकत्वमा शुक्रबार बसेको कार्यकारी समितिको बैठकले सो निर्णय रहेको हो । भूकम्प प्रभावित जिल्लामा आवश्यक मापदण्ड र प्रक्रिया पुरा गरी निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका लाभग्राहीहरुलाई अनुदान वापत पाउने सबै रकम एकमुष्ट दिने निर्णय गरिएको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।