एभरेष्ट दैनिक

श्रीलङ्कालाई १–० गोलले हराउँदै नेपाल सेमिफाइन प्रवेश

काठमाडौं, पुस १५ । महिला साफ च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतको सिलगुडीमा जारी महिला साफ च्याम्पियनसीपमा श्रीलङ्कालाई १–० गोलले हराउँदै नेपाल सेमिफाइनल पुगेको हो । पहिलो हाफ बराबरीमा खेलेको नेपालको तर्फबाट सपना लामाले खेलको ८७ औं मिनेटमा गोल गरेपछि नेपाल विजयी भएको हो। आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले र माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो ।