शान्ति मिसनमा कुन–कुन देशमा छन् नेपाल प्रहरी ?
२९ मंसिर, २०७३
काठमाडौँ, मंसिर २९ । द्वन्द्वग्रस्त देशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको हाल दुई–दुईवटा एफपियू मिसन छन् । नेपाल प्रहरीको हाइटी र सुडान तथा सशस्त्र प्रहरीको दक्षिण सुडानमा दुई एफपियू मिसन छन् । एक एफपियू मिसनमा करिब एक सय ४० प्रहरी हुन्छन् । एकवर्षे सो मिसनमा काम गर्दा १५ देखि २० लाख रुपैयाँ आम्दानी हुने भएकाले शान्ति मिसन प्रहरी जागिरको आकर्षक अवसर बन्दै आएको छ । त्यस्तै, अनपोल मिसनअन्तर्गत सुडान, दक्षिण सुडान र हाइटीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू कार्यरत छन् । लाइबेरिया मिसन भने हालै बन्द भएको छ । हाइटी मिसनबाट सेनालाई हटाइएको छ भने प्रहरीको मिसन पनि कटौती भइरहेको छ । राष्ट्रसंघमा नेपाली सुरक्षा अधिकारीले बहादुरीका साथ काम गरेर प्रशंसा कमाए पनि बन्दोबस्तीका सामान मापदण्डअनुसार किन्न नसक्दा पछिल्लो समय छवि बिग्रँदै गएको छ । राष्ट्रसंघीय शान्ति मिसनमा संख्याका हिसाबले नेपाल छैटौँ स्थानमा छ । विभिन्न १६ वटा देशमा चार हजार पाँच सय ४६ सैनिक अधिकारी राष्ट्रसंघीय शान्ति मिसनमा काम गर्दै आएका छन् । सेना र प्रहरी गरेर शान्ति मिसनमा करिब पाँच हजार कार्यरत छन् । राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीले सन् १९९२ देखि काम गर्न थालेको हो । यो खबर आजको नयाँ पत्रिकामा छ ।
बालिका बलात्कार आरोपमा एकजना पक्राउ
२९ मंसिर, २०७३
किन काठमाडौं आउँदैछन् ५१ देशका प्रहरी प्रमुख?
२९ मंसिर, २०७३
‘जलविद्युतमा सेनाको लगानी असम्भव’
२९ मंसिर, २०७३
मोटरसाइकल दुर्घटनामा प्राध्यापकको मृत्यु
२९ मंसिर, २०७३
रंगेली पुगेर ऊर्जामंत्रीले दिए कडा निर्देशन
२८ मंसिर, २०७३
विपद् व्यवस्थापनमा चिनियाँ सरकारले राहत हस्तान्तरण
२८ मंसिर, २०७३
विद्युतीय शवदाह निर्माणमा सहयोग
२८ मंसिर, २०७३
बत्तीस बिजुली चोर पक्राउ
२८ मंसिर, २०७३
सारंगी रेटेरै हुर्काए नौ सन्तान
२८ मंसिर, २०७३
अझै घट्छ सुनको मूल्य, पचार हजारमा झर्ने !
२८ मंसिर, २०७३
नेफ्टा फिल्मअवार्ड वितरणमा को–को पुग्दैछन दुबई ?
२८ मंसिर, २०७३