आपतकालिन अवतरणका लागि सेनाले विमानस्थल बनाऊने
१८ मंसिर, २०७३
नेपाली सेनाले आपतकालीन अवस्थामा प्रयोगमा ल्याउने गरी सिन्धुलीको चारनाथ भिमानमा अन्तराष्ट्रिय विमानस्थल बनाउने भएको छ । मुलुकमा अप्ठ्यारो पर्दा अत्यावश्यक हवाई सेवा सुचारु ग्र्न सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको हो । विपत वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रुपमा प्रयोग गर्न मिल्ने गरी विमानस्थल बनाउन लागेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जनाए । उनका अनुसार विमानस्थल बनाउने भनिएको क्षेत्रमा हाल सेनाले हवाई जम्पलगायत विभिन्न प्रशिक्षण दिँदै आइरहेको छ । आजको कान्तिपुरमा खबर छापिएको छ । भिमानमा सेनाको करिब ४ सय भौगोलिक स्थितिका कारण त्यँहा बन्ने विमानस्थलबाट मध्यमस्तरका विमान मात्र अवतरण र उडान सम्भव हुन्छ । ठूला विमानलाई भने वरिपरिका चुरे डाँडाले अवरोध गर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।
अब कलेजो प्रत्यारोपण नेपालमै हुने
१८ मंसिर, २०७३
छाडा चौपायाकै कारण ६० प्रतिशत सडक दुर्घटना
१८ मंसिर, २०७३
तालमा मिनीबस खस्दा १८ जनाको मृत्यु
१७ मंसिर, २०७३
चार सय बोतल लागुऔषधसहित दुई जना पक्राउ
१७ मंसिर, २०७३
‘कालो दिन मनाउन खोज्दा कालो कोठरीमा’
१७ मंसिर, २०७३
फरार बलात्कारी पक्राउ
१७ मंसिर, २०७३
किन मनपर्याे बाबुरामलाई ‘जात्रा’ ?
१७ मंसिर, २०७३
संघीयताको अवरोध यात्रा
१७ मंसिर, २०७३