एभरेष्ट दैनिक

ब्लड प्रेसर लो छ ? यसो गर्नुस्

एजेन्सी । उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने समस्या हुनसक्छ । ब्लड प्रेसर लो आफैमा रोग होइन, तर यसले रोगले भन्दा कमी चाहिँ सताउँदैन । ब्लड प्रेसर लो भएका विरामीहरुले निम्न कुरामा ध्यान दिए त्यसबाट छुटकरा पाउन सकिन्छ । – मदिरा सेवन गर्ने वानी छ भने त्यसलाई आजैबाट हटाउनु पर्छ । मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा मदिरा पिउने वानी भने बसाल्नु हुँदैन । अत्यधिक अल्कोहलको मात्राले डिहाइडे«सन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ । – प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसो गर्नालेउ रक्त प्रबाह सशक्त र तीब्र हुन्छ । शरीरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ । – प्रेसर लो भयो भन्दैमा एक्कासी नूनको मात्रा बढाउने काम गर्नु हुँदैन । नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ । अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ । चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ । –  आकस्मिक शारिरिक गतिविधिहरुबारे सचेत रहनु पर्छ । जस्तो आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्युन रक्तचापका लक्षणहरु भएकोले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी अपनाउनुपछै । बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ । – उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम प्रयोग गर्नुपर्छ । कार्बोहाइडे«डयुक्त खानेकुरा घटाउँदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ । – बारम्बार खाना खानुहोस् । यसले हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्यालाई हटाउँछ । त्यसैले एकै पटक धेरै खाना खानुभन्दा बारम्बार अर्थात हरेक दुई घण्टामा खाना खानुपर्छ । – चिकित्सकको सुझाबमा स्टकिङ लगाउँदा पनि न्यून रक्तचापको समस्याबाट बच्न सकिन्छ ।