एभरेष्ट दैनिक

मलेसियामा भएको बस दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु

पुस ९ । क्रिसमसको पुर्वसन्ध्यामा मलेसियामा भएको बस दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १६ जना घाइते भएको मलेसियाको सरकारी समाचार संस्था बर्नामाले जनाएको छ। मृतकमध्ये १३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा पुगेपछि मृत घोषणा गरिएको अस्पतालका अधिकारीहरुले बताएका छन्। मलेसियाको जोहोर बरुदेखि क्वालालमपुरतर्फ गईरहेको बस जोहोर राज्यको उत्तर दक्षिण द्रतमार्गमा स्थानीय समय अनुसार शुक्रबार दुर्घटना भएको हो। दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको र प्रारम्भीक विवरणहरुमा सडकको अवस्था राम्रो नै पाइएको जोहोर अग्नी नियन्त्रण तथा उद्धार विभागका निर्देशक मोहद युसुफ गुन्नोसले जानकारी दिए। मलेसियामा लाखौंँ मानिस क्रिसमसको तीन दिने विदामा कार लिएर विभिन्न ठाउँमा घुम्न जाने गर्दछन् ।