पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बस बागलुङमा दुर्घटना : आठको मृत्यु, २४ घाइते
५ चैत, २०८०
काठमाडौं। बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो । अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते छन् । दुर्घटना स्थलमा घुमाउरो बाटो भएको कारण चालकको समेत मृत्यु भएको छ । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३२ जना यात्रु रहेको जानकारी दिए ।थप विवरण आउँन बाँकि छ ।
पक्राउ परेका महरालाई ल्याइयो काठमाडौं
५ चैत, २०८०
कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा
५ चैत, २०८०