जसपा नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै
३० बैशाख, २०८१
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन भएको छ । सो जसपालाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ।त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको पार्टी निकट एक अधिवक्ताले बताए। उनले भने, ‘सबै तयारी पुरा भएको छ, अब दर्ता गराउन मात्र बाँकी छ, सम्भवतः आजै रिट दायर हुन्छ ।' हाल संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगले अवैधानिक रुपमा दल दर्ता गरेको आरोप जसपा नेपालको रहेको छ।
बत्तीसपुतलीमा युवकको हत्याको कारण -'कुम ठोक्किनू'
३० बैशाख, २०८१
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
३० बैशाख, २०८१
सल्यान कुपिण्डेमा एक दम्पती मृत फेला
३० बैशाख, २०८१
चितवनमा अज्ञात समूहद्वारा स्कुलबसमा आगजनी
३० बैशाख, २०८१
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
३० बैशाख, २०८१
आज शिक्षा समितिको बैठक बस्दै
३० बैशाख, २०८१
उपत्यकासहित विभिन्न भागमा वर्षा, दिनभर बदली हुने
३० बैशाख, २०८१
दाङमा दुई महिलाको हत्या
२९ बैशाख, २०८१

