मौसममा सुधार आएपछि पोखरामा नियमित उडान
२० बैशाख, २०८१
पोखरा । मौसममा सुधार आएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित हुन थालेको छ । डढेलोको धुवाँ, धूलो मिसिएको तुँवालोका कारण शुक्रबारदेखि पोखरा विमानस्थलमा उडान हुन सकेको थिएन् । विमानस्थल प्रशासनका अनुसार बिहीबार बिहानैदेखि पोखरामा रहेका दुवै विमानस्थल सञ्चालनमा आएका छन् । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुरानो आन्तरिक विमानस्थलबाट तीन किलोमिटर दूरीमा सञ्चालित छ । पुरानो आन्तरिक विमानस्थलबाट हिमाली जिल्ला मुस्ताङ र मनाङमा उडान हुन्छन् । त्यहीबाट पर्यटकीय अल्ट्रा उडान र हेलिकोप्टर चार्टर उडान हुने गरेका छन् । बुधबार दिउँसो १२ः३० पछि केही सुधार हुँदै जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उपकरणको सहायताबाट हुने उडान आंशिक रूपमा खुला गरेको थियो।
धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु
२० बैशाख, २०८१
गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
२० बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल हुँदै
२० बैशाख, २०८१
यस्तो छ बिहीबारको विनिमय दर कति
२० बैशाख, २०८१
यी हुन् आईसीसी टी-२० विश्वकप खेल्ने १५ खेलाडी
१९ बैशाख, २०८१
सञ्चार तथा सूचना प्रविधिमा भएका सुधारहरू
१९ बैशाख, २०८१
नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित
१९ बैशाख, २०८१
बजेट अधिवेशन वैशाख २५ मा बोलाउने सरकारको तयारी
१९ बैशाख, २०८१

