यस्तो रहनेछ देशभर आजको मौसम, काठमाडौंको तापक्रम कति छ ?
२९ माघ, २०८०
काठमाडौं । पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ । मौसम विभागका अनुसार बुधबार देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । २/३ डिग्री सेल्सियससम्म झरेको काठमाडौंमा तापक्रम विस्तारै बढ्न थालेको छ । यहाँ आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौंको तापक्रम बढेर २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने छ ।
दोहोरो अंकले घट्यो नेप्से
२८ माघ, २०८०
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी
२८ माघ, २०८०
महोत्सव हेर्न आउनेलाई दूध र अण्डा निःशुल्क
२८ माघ, २०८०
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
२८ माघ, २०८०
माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
२८ माघ, २०८०
यस्तो रहनेछ आजको मौसम
२८ माघ, २०८०