दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री नेपालमा, मृतकका शव पनि लिएर जाने
८ भदौ, २०८१
काठमाडौं । शुक्रबार भएको तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आउनुभएको हो । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल जानुभएको थियो । नेपालमा बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उपचार भइहरेको छ।
१४ जनाको शव निकालियो, १६ घाइतेको उद्धार
७ भदौ, २०८१
परराष्ट्रमन्त्री राणा स्वदेश र्फिता
६ भदौ, २०८१