आजको मौसमा : हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
६ माघ, २०८०
काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको भने सम्भावना छैन । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सुनचाँदीको मूल्य बढ्यो
५ माघ, २०८०
दुई वटा संसदीय समितिको बैठक बस्दै
५ माघ, २०८०
गायक योगेश वैद्यको निधन
५ माघ, २०८०
सरकारले बनायो हाइड्रोजन प्रयोगको नीति
४ माघ, २०८०
बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात
४ माघ, २०८०
सेयर बजार र कारोबार रकम दुवैमा गिरावट
४ माघ, २०८०

