योजना छनौट र बजेट विनियोजनमा पहुँच भन्दा आवश्यकतामा ध्यान दिउँ : सांसद माझी
२४ पुष, २०८०
लमजुङ । प्रतिनिधिसभा सदस्य उर्मिला माझी पौडेलले योजना छनौटमा र बजेट विनियोजनमा पहुँच भन्दा आवश्यकतामा ध्यान दिनुपर्ने बताएकी छिन् । लमजुङको विकासमा सर्वपक्षीय प्रतिवद्वता आवश्यक रहेको उनको भनाइ छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आइतबार लमजुङको जिल्ला सदरमुकाम बेसिशहरमा आयोजित दोश्रो पञ्चवर्षिय योजना तर्जुमा सम्वन्धि कार्यक्रममा सम्वोधन गर्दै सांसद माझीले योजना तर्जुमा गर्दा योजनाको आवश्यकता पहिचान र प्राथमिकरण गर्नुपर्नेमा जोड दिइन् । संसदको पुर्वाधार विकास समिति सदस्य समेत रहेकी माओवादी केन्द्रकि सांसद माझीले लमजुङको विकास योजना निर्माण गर्दा कृषि, जलविद्युत, पर्यटनको साथमा जलवायु परिवर्तनको असर न्युनिकरणलाई पनि समेटनुपर्ने बताइन् । उनले योजना निर्माण गर्दा र बजेट विनियोजन गर्दा नागरिकलाई गरीबीको रेखाबाट माथि उठाउने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिइन् । उनले भने– हामी अझै पनि गरिबीको रेखामुनि रहेको अवस्था छ, हामीले लमजुङको विकास त्यतिबेला मात्रै अनुभुत गर्न सक्छौ जतिबेला गरीबी अन्त्य हुनेछ । योजना छनौट गर्दा पहुँचका आधारमा नभई लक्षित वर्ग र क्षेत्रको आवश्यकताको आधारमा गर्नुपर्ने उनको भनाइ छ । उनले पालिका अध्यक्ष र सरोकारवालाहरूलाई बजेट निर्माण गर्दा लक्षित वर्ग, समुदाय र क्षेत्रमा समानुपातिक वितरणमा समेत ध्यान दिन आग्रह गरे। उनले सबैले आफ्नो ठाउँबाट लमजुङको विकास र समृद्धिको लागि सक्दो पहल गर्न आग्रह गर्दै आफू लमजुङको विकास र जनताको समृद्धिको लागि सधैं प्रतिवद्व भएको बताए । कार्यक्रममा प्रदेश मुख्यमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेका थिए भने गण्डकी प्रदेश सांसदहरू डा। टकराज गुरूङ, भेष बहादुर पौडेल, टीका बस्याल, पार्वती तामाङलगायतको सहभागीता रहेको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुखहरू, कार्यकारी अधिकृतहरू, जिल्ला स्थित सरकारी कार्यलय प्रमुखहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
सार्वजनिक यातायातमा पाकेट मार्ने पक्राउ
२४ पुष, २०८०
आज बस्दै छ संसदका यी पाँच समितिको बैठक
२४ पुष, २०८०
क्यानकाे महाप्रबन्धकमा उत्सव ढुंगाना
२४ पुष, २०८०
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
२४ पुष, २०८०

