बागलुङ बडिगाड पहिरो उद्धारका लागि घटनास्थल पुग्यो हेलिकोप्टर
२३ साउन, २०८१
बागलुङ। मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटामा गएको पहिरोमा परेर घाइते भएकाहरुको उद्धारका लागि करिब २१ घण्टापछि हेलिकोप्टर घटनास्थल नजिक अवतरण गरिएको छ। मङ्गलबार बिहान पहिरोमा परेर वडा नम्बर १० मा ६ र ९ मा दुईजनाको मृत्यु भएको थियो। दुईजना चिकित्सक र केही प्रहरीसहित नेपाली सेनाको हेलिकोप्टर बडिगाडतर्फ गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । मङ्गलबार खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्किएको थियो । पहिरोका कारण सडक अवरुद्ध हुँदा घाइतेहरुलाई अस्पतालसम्म लैजान कठिन भएको थियो । बुधबार बिहान हेलिकोप्टर ९ नम्बर वडाको जनता आधारभूत विद्यालय नजिक अवतरण भएको वडाध्यक्ष विरेन्द्रकुमार बुढामगरले जानकारी दिए। उनले भने, ‘‘हेलीकप्टर ९ नम्बर वडामा अवतरण भएको छ । हेलिकोप्टरबाट गम्भीर घाइतेहरुलाई काठमाडौँ लैजाने तयारी छ।’’ स्थानीयवासीहरुले उपचारका लागि घाइतेहरुलाई बुर्तिबाङस्थित अस्पतालमा पु¥याइसकेको उनले जानकारी दिए। पहिरोमा परेर बेपत्ता भएका चारजनाको खोजी कार्य विहानैदेखि थालिएको वडाध्यक्ष बुढामगरले बताए । उनका अनुसार १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ । पहिरोमा परेर गम्भिर घाइते भएका आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढाको समयमै उपचार नपाउँदा मङ्गलबार साँझ मृत्यु भएको वडाध्यक्ष बुढामगरले जानकारी दिए। पहिरोमा परेर बेपत्ता भएकाहरुको प्रहरी र स्थानीयवासीहरुले बिहानैदेखि खोजी कार्य थालेका छन् । सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बिहान ११ः३० बजेको समयमा मृतक जोगबहादुरको घरमाथिको पाखोबाट खसेको पहिरोले घर र गोठ पुरिएको थियो । पहिरोका कारण करिब ५० घरधुरी विस्थापित भएको वडाध्यक्ष बुढामगरले जानकारी दिए। उनले भने, ‘‘पहिरोका कारण वडामा करिब ५० घरधुरी विस्थापित भएका छन् । विस्थापितहरुलाई बस्ने, खाने र पानीको समेत अभाव भएको छ।’’गोरखापत्रबाट ।
एसईईको पूरक परीक्षा आजदेखि
२३ साउन, २०८१
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
२३ साउन, २०८१
मुग्लिन–मलेखुबीचमा पहिरो, सडक अवरुद्ध
२३ साउन, २०८१
उपाधिका लागि नेपाल र भारतको भिडन्त
२३ साउन, २०८१
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त
२३ साउन, २०८१
यी हुन् मन्त्रिपरिषद्का निर्णय
२२ साउन, २०८१
इरानलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश
२२ साउन, २०८१
४.१७ प्रतिशले घट्यो नेप्से
२२ साउन, २०८१
श्रीलंकालाई हराउँदै भारत फाइनलमा
२२ साउन, २०८१
बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन
२२ साउन, २०८१