जेलबाट छुटेपछि ‘पहिलोपटक’ सानेपा गए खाँण
१३ पुष, २०८०
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी करिब सात महिना जेलमा थिए । जेलबाट हालै धरौटीमा रिहा भएका थिए । जेलबाट छुटेपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुन उनी सानेपा पुगेका हुन् । कांग्रेसको जारी बैठक बिहीबार ९हिजो०देखि सुरु भएको हो । पहिलो दिन खाँण बैठकमा अनुपस्थित थिए । दोस्रो दिनको बैठक सुरु भएको छ । उनीविरुद्धको मुद्दा विचाराधीन नै छ । अन्तिम किनारा लाग्न बाँकी छ ।
एनसेलका ६ वटा टावरको लाइन काटियो
१३ पुष, २०८०
घट्यो सुनको मूल्य
१३ पुष, २०८०
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने
१३ पुष, २०८०
यस्तो रहनेछ आजको मौसम
१३ पुष, २०८०
मन्त्रिपरिषद्को सिंहदरबारमा बैठक शुरु
१२ पुष, २०८०
थाईल्याण्डका राजदूत वलीले लिए शपथ
१२ पुष, २०८०

