एभरेष्ट दैनिक

बालकुमारीमा दुई युवाकाे ज्यान गएकोप्रति प्रधानमन्त्री दुःखी, बोलाए उच्चपदस्थसहित सुरक्षा प्रमुखहरूको बैठक

काठमाडौं । हिजो बालकुमारीमा दुई युवाहरूले ज्यान गुमाउने गरि भएको घटनाप्रति प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको बारेमा छलफल गर्न गठबन्धन दलका मुख्य नेतृत्वहरू, उपप्रधानमन्त्रीहरू, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरूको सम्मीलित बैठक बोलाएका छन् । बैठक भर्खरै वालुवाटारमा शुरु भएको छ। प्रधानमन्त्री प्रचण्डले हिजो नै यो घटनाप्रति गहिरो दुः ख व्यक्त गर्दै घटनाका विषयमा सत्यतथ्य छानबिन गर्न निर्देशन गरिसकेका थिए । हिजो ग्वार्कोमा भएको घटनामा परि दैलेखका सुजन राउत र अछामका बीरेन्द्र शाहको निधन भएको थियो । प्रधानमन्त्रीले लिए घटनाबारे ब्रिफिङ ललितपुरको बालकुमारीमा भएको सो आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ब्रिफिङ लिएका छन् । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए। ब्रिफिङमा उनीहरुले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समिति समेत गठन गरिएको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।प्रधानमन्त्रीले घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए ।