सर्लाहीका उखु किसानले पाए अनुदान रकम
१८ पुष, २०८०
सर्लाही । सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम पुगेको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले गएको बिहीबार बैङ्क तथा वित्तीय संस्थाहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरेको हो । गएको वर्ष उखुको मूल्य प्रतिक्वीन्टल ६१० रुपियाँ तय गर्दा उद्योगीले ५४० रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो । सर्लाहीका उखु किसानका लागि वितरण गर्न २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ३० पैसा निकासा हुनुपर्नेमा सरकारले दशैँअघि ११ करोड २६ हजार ६३८ रुपियाँ मात्रै निकासा गर्यो । अधुरो रकम निकासा भएर आएपछि तिहारअघि किसानलाई ३० प्रतिशतका दरले अर्थात् ७० रुपियाँमध्ये २१ रुपियाँका दरले भुक्तानी दिइएको थियो । सरकारले भर्खरै बाँकी अनुदान रकम पठाएपछि किसानको बक्यौता रहेको ४९ रुपियाँ प्रत्येक किसानको खातामा आफ्नो खाता मार्फत प्राप्त गरेका हुन् ।
तातो खोलेमा डुबेर बालिकाको मृत्यु
१८ पुष, २०८०
दुई संसदीय समितिको बैठक बस्दै
१७ पुष, २०८०
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
१७ पुष, २०८०
नेप्से आठ अंकले घट्यो, कारोबार कति ?
१६ पुष, २०८०

