एभरेष्ट दैनिक

राष्ट्रियसभा निर्वाचनको उमेदवार छनोटबारे छलफल गर्दै कांग्रेस

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार छनोटका विषयमा छलफल गर्ने कांग्रेसको तयारी गरेको छ । निर्वाचन आयोगले पुस २३ गते उमेदवारी दर्ताको मिति तोकेको छ ।