सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन बढ्यो १८ सय
३ कात्तिक, २०८०
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबारको तुलनामा आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ बढेको हो । बिहीबार सुनको मूल्य एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसलगत्तै मूल्य एक दिनै एक हजार ८०० रुपैयाँ बढेको हो । तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार भने चाँदीको प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
डा.ओजस्वीले जितिन् मिसेस् नेपाल कल्चरको ताज
३ कात्तिक, २०८०
नेपाल प्रहरीले माग्यो ९६ इन्सपेक्टर र २६० असई
३ कात्तिक, २०८०
निर्माण व्यवसायीको छ अर्ब दसैंअघि नै भुक्तानी हुने
२ कात्तिक, २०८०
गृहमन्त्री श्रेष्ठको यस्तो छ स्वास्थ्य अवस्था
२ कात्तिक, २०८०
राष्ट्रसंघका महासचिव गुटरेस कात्तिक १२ गते नेपाल आउने
२ कात्तिक, २०८०
हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य
२ कात्तिक, २०८०
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान जारी
२ कात्तिक, २०८०
सुनको मूल्यमा रेकर्ड
२ कात्तिक, २०८०
विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन
२ कात्तिक, २०८०
हङकङविरूद्ध नेपालको बलिङ, ५ ओभरमै ४ विकेट
२ कात्तिक, २०८०
गृहमन्त्री श्रेष्ठ ‘खतरामुक्त’
२ कात्तिक, २०८०
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
२ कात्तिक, २०८०
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
२ कात्तिक, २०८०
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, काराेबार कति ?
१ कात्तिक, २०८०

