प्रधानमन्त्री प्रचण्ड कैलालीमा
२९ असोज, २०८०
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली पुगेका छन् । आज (सोमबार) यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड कैलाली पुगेका हुन् । प्रधानमन्त्रीलाई सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थलमा स्वागत गरे । प्रधानमन्त्री प्रचण्डले सुरुमा नेकपा (माओवादी केन्द्र) का प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जलि सभामा सहभागी हुने कार्यक्रम छ । त्यसपछि सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलान्यास गर्ने र मध्याह्न १२ बजे गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस सेन्टर कैलालीका अध्यक्ष तेजराज भट्टले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड धनगढीमा हुने समाजवादी मोर्चाको कार्यक्रममा सहभागी भएर आजै अपराह्न काठमाडौं फिर्ता हुने कार्यक्रम छ ।
भारतमा भूकम्प, नेपालसम्म कम्पन
२९ असोज, २०८०
आज ४३ औं विश्व खाद्य दिवस, नेपालमा पनि मनाइँदै
२९ असोज, २०८०
समाजवादी मोर्चाको सुदुरपश्चिम सन्देश सभा आज
२९ असोज, २०८०
आज दसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा
२९ असोज, २०८०
आजबाट दसैंलाई नयाँ नोट साट्न पाइने
२९ असोज, २०८०
थापाले दिए संसदीय दलको नेताबाट राजीनामा
२७ असोज, २०८०
मनाङ एअरको एओसी निलम्बन गर्दै प्राधिकरण
२७ असोज, २०८०

